नियम १३क
विशेष अवस्थामा साधारण वा अस्थायी राहदानी जारी गर्न सकिने;
(१): यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यस नियम बमोजिम विशेष राहदानी जारी हुने पदाधिकारीलाई कुनै कारणवश विशेष राहदानी जारी गर्न सकिने अवस्था नभएमा विभागले निर्णय गरी अनुसूची-४ बमोजिमको दस्तुर लिई साधारण राहदानी वा अस्थायी राहदानी जारी गर्न सक्नेछ ।
(२) विभागले आवश्यकताको आधारमा उपनियम (१) बमोजिम जारी गरिने राहदानीको बहाल अवधि निर्धारण गर्नेछ ।
(३) यस नियम बमोजिम जारी गरिने राहदानीको प्रयोग तथा राहदानी जारी गर्ने प्रक्रिया विशेष राहदानी सरह हुनेछ।